Public Pana
पेस्तोलसहित एकजना पक्राउ

सिराहाबाट औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । 

गत शनिबार राति संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बसेको घरमा पुगेर झगडा गरेपछि  सरोजको शरीर प्रहरीले खानतलासी गर्दा पेस्तोल फेला परेको हो । 


 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update