Public Pana
सरकारमा डर :  भोलीका लागि कार्यक्रम गर्न दुर्गा प्रसाईंले पाएनन् टुँडीखेल
फाइल तस्बिर

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले भोली फागुन १ गते पहिलो वार्षिकोत्सव काठमाडौंमा मनाउने तयारी गरिरहेको छ।

शक्ति प्रदर्शनका लागि देशभरिबाट समर्थक उतार्ने अभियानले जनाएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराउने प्रयासमा प्रसाईं लागेका छन्। यसका लागि अभियानको उपत्यका समितिले नागरिक अभिनन्दनसमेत गर्ने भनेको छ।  

तर कार्यक्रम कहाँ गर्ने भन्नेचाहिँ अझै टुंगो लागेको छैन। प्रसाईंले काठमाडौंको टुँडीखेल मागेका थिए। अभियानको केन्द्रीय कार्यालयले पुस २१ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको थियो।

तर, अहिलेसम्म प्रशासनले कुनै पनि स्थानमा कार्यक्रमका लागि अनुमति नपाएको अभियानका अध्यक्षमण्डलले जनाएको छ । 

पुस २१ गते नै प्रशासन कार्यालयमा पत्र पठाएर फागुन १ गतेको लागि आमसभा गर्न स्थान मागेकोमा टुँडिखेलमा कार्यक्रम गर भनेर सीडीओले पटकपटक गर भनेपनि अहिले आएर टुँडिखेलमा हुन्न, भृकुटीमण्डपमा गर भनेर भन्नु सरकारमा डर रहेको अभियान समुहले जनाएको छ । 

गत मंसिर ७ मा प्रसाईंले बल्खु चोकमा कार्यक्रम गरेका थिए। भोलिपल्टबाट उनको प्रदर्शन तीनकुने हुँदै गौशाला पुगेको थियो।
धेरै व्यक्तिहरुको सहभागिताले गर्दा सरकारमा डर रहेको अभियान समुहले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update