सपोर्ट लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्दै
सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ११.५७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले ११% बोनस सेयर र ०.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसैगरी, प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण हुनेछ ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १४:३७
प्रतिक्रिया दिनुहोस्