Public Pana
नेपालमा क्यूआरको प्रयोग बढ्दै  : पुषमा ३८ अर्ब ५९ करोड ६० लाख भुक्तानी
सांकेतिक तस्बिर

नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० पुसकाको मासिक भुक्तानी प्रणाली सूचकमा क्यूआर कोड मार्फत ३८ अर्ब ५९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ।

मंसिरमा क्यूआर कोड मार्फत ३८ अर्ब ६ करोड रुपैयाँ भुक्तानी भएको थियो।

मंसिरको तुलनामा पुसमा क्यूआर कोड मार्फत हुने भुक्तानी ५३ करोड ६० लाख रुपैयाँ अर्थात १.४०७ प्रतिशतले बढेको छ।

क्यूआर मार्फत हुने भुक्तानी बढेसँगै करोबार संख्या पनि वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। पुसमा क्यूआर कोड मार्फत एक करोड २५ लाख ८६ हजार २६८ पटक भुक्तानी भएको छ। भने, मंसिरमा १ करोड १२ लाख ५२ हजार ३९४ पटक भुक्तानी भएको थियो।

नेपाल राष्ट्र बैंकले नै डिजिटल भूक्तानीलाई प्रवर्धन गरेसँग यसको विकास पनि बढ्दो छ। अहिले तरकारी पसल, चिया पसल, सपिङ मल लगायत कारोबार हुने अधिकतम स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि ती स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएका छन्। साथै नगद बोकेर हिड्नु भन्दा पनि मोबाइलबाटै सहज रुपमा भुक्तानी गर्न सकिने भएकाले पनि क्यूआर कोडको प्रयोग बढ्दो क्रममा देखिन्छ।

मोबाइल बैंकिङ र वालेटको प्रयोग गरेर क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो क्रममा छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update