Public Pana
एनसेलबारे छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको लेखा समितिले इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन सरकालाई निर्देशन दिएको छ। 

आज आइतबार बसेको समितिको बैठकले एनसेल शेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update