Public Pana
प्रदेशबाट रिपोर्टिङ : माओवादी केन्द्रीय समितिको आजको बैठक

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा प्रदेश समितिबाट रिपोटिङ गरिएको छ।

आज आइतबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको बैठकको पहिलो दिन १० वटा प्रदेश र तीनवटा आयोगले आफ्नो रिपोर्टिङ प्रस्तुत गरेको माओवादी कार्यालयले जनाएको छ । 

आजको बैठक सकिएको छ। अब भोलि विहान ११ बजे पुनः बैठक सुरु हुने बताइएको छ।

फागुन महिनामा हुने विधान सम्मेलनको तयारीका लागि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो।

शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले केन्द्रीय समिति बैठक राखेको हो।

राष्ट्रिय सभागृहमा करिब ८ सयजना सहभागीबीच माओवादीले सबैभन्दा पहिले पार्टीको तीन महिने अभियानको समीक्षा गरिरहेको छ।

पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले माओवादी ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’  चलाएको थियो।

माओवादी केन्द्रले गत कात्तिकदेखि देशभरका ६ हजार सात सय ५३ वडामा अभियान सञ्चालन गरेको थियो।

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update