Public Pana
सुनसरीमा एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी

सुनसरीका शिवनन्दन मेहताको कनेक्ट आईपीएस ह्याक गरी गिरोहले १० लाख १० हजार रुपैयाँ ठगी गरेको हो । 

आफूले सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आफ्नो आमाको नाममा रहेको बैंक खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको पीडित मेहताको भनाई छ । 

आफ्नो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटभित्रै बैंकमा पुगेर खबर गरी अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफ्नो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको उनको आरोप छ । 

आफ्नो खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफ्नो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेका छन् । 

सानिमा बैंकका कोशी प्रदेश प्रमुख रहेका फणिन्द्र दाहालले भने बैंकले सक्दो प्रयास गरेपनि ढिलो भइसकेको कारण रोक्का राख्न नसकिएको बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update