Public Pana
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइदै 

दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानताका लागि विज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवस मनाइदै छ । 

विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूपमा भाग लिनबाट वञ्चित छन्।

हाल विश्वभरका अनुसन्धानकर्तामध्ये ३० प्रतिशतभन्दा कम महिला छन्। सन् २०१४ देखि २०१६ सम्मको युनेस्कोको तथ्याङ्क को अनुसार, केवल ३० प्रतिशत महिला विद्यार्थीहरूले उच्च शिक्षामा STEM–सम्बन्धित क्षेत्रहरू छनौट गर्छन्। STEM–सम्बन्धित क्षेत्रहरू भन्नाले साइन्स, टेक्नोलोजी, इन्जियनरिंग र म्याथम्याटिक्स क्षेत्र भन्ने बुझिन्छ । विश्वव्यापी रूपमा, महिला विद्यार्थीहरू, आईसीटी (३ प्रतिशत), प्राकृतिक विज्ञान, गणित र तथ्याङ्क (५ प्रतिशत) र इन्जिनियरिङ्, उत्पादन र निर्माण (८ प्रतिशत) गरी कम छन्।

सन् २०२४ को विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको नवौँ श्रृखलामा संयुक्त र्राष्ट्रिय सङ्घले कुनै विशेष नाराको घोषणा चाहिँ गरेको छैन ।

लैगिंक समानता आजको आवश्यकता र चुनौती दुवै हो, प्रविधि र सूचना पहुँचमा महिलाहरूको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरू चलाइने गर्दछ जसमा हरेक वर्ष फेब्रुअरी ११ तारिखको विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस पनि एक हो ।

महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडि रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त  हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला।

त्यसै कारण हरेक वर्षको फेबु्रअरी ११ का दिन संयुक्त राष्ट्र सङ्घले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update