Public Pana
राज्य व्यवस्था समितिको बैठक : ४ सय ५९ विदेशी नेपालबाट निकालिए

नेपालले सन् २०२३ मा विभिन्न कारणबाट ४ सय ५९ विदेशी नागरिकलाई निष्कासन गरेको छ।

राज्य व्यवस्था समितिको बैठकमा अध्यागमनसम्बन्धी छलफलका लागि वितरित सामग्रीमा यो तथ्यांक प्रस्तुत गरिएको छ। अघिल्लो वर्ष नेपालबाट निष्काशनमा पर्ने विदेशी नागरिक ५ सय ७० जना थिए।

निष्कासित भएकामध्ये भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरूको संख्या बढी रहेको छ। सन् २०१७ मा निष्काशित हुने विदेशीको संख्या ५ सय ५९ थियो भने २०१८ मा ६ सय ७८ थियो। 

यस्तै, २०१९ मा ६ सय ७१ जना, २०२० मा ३ सय ३२ जना र २०२१ मा ३०८ जना निष्कासनमा परेका थिए।
समितिको बैठक सिंहदबारमा बसेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update