Public Pana
बालुवाटार ललितानिवास जग्गा घोटालाको फैसला आउनै ढीला

बालुवाटारको ललितानिवास जग्गा घोटाला प्रकरणको फैसला आउनै ढीला भएको छ। एक महिनासम्म पनि सुनुवाइ नसकिएपछि यो निर्णय फागुनमा धकेलिने सम्भावना बढेको हो।

मुद्दा सुनुवाइको अन्तिम चरणमा पुगेकोले अर्को महिनामा मात्र सकिने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । 

माघ २ देखि निरन्तर न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा 
सुनुवाइ चलिरहेको छ।

१ सय ७५ जना प्रतिवादी रहेको यस मुद्दामा १ सय १० जना मात्र सम्पर्कमा आएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

lalita1707633207.jpg

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update