Public Pana
रियल म्याड्रिडको लगातार चौथो जित

 साविक विजेता रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको रियाल बेटिसलाई २–१ ले हराएको छ । योसँगै रियालले जारी लिगमा विजयी यात्रालाई कायम राखेको छ ।

रियालले घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भिनिसियस जुनियरको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । रियाल बेटिसका सर्जियो कानालेसले १७औँ मिनेटमा बराबरी गोल फर्काए । ६५औँ मिनेटमा रोड्रिगोले गरेको गोल रियालको जितमा निर्णायक बन्यो ।

जितसँगै जारी लिगमा रियालले शतप्रतिशत विजयी नतिजा निकाल्न सफल भएको छ । शतप्रतिशत जित निकाल्ने रियाल एक्लो टिम हो । रियाल चार खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट नौ अंक जोडेको रियाल बेटिस दोस्रो स्थानमा छ ।

सात अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । बार्सिलोनाले शनिबारै राति सेभियाविरुद्ध खेल्दै छ । सेभिया एक अंकका साथ १५औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update