Public Pana
अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि फागुन ७ देखि लुम्बिनीमा नोबेल बिजेताको जमघट हुँदै

फागुन २७ देखि २९ गतेसम्म ३ दिन  विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएको छ । विश्वका ‘अब्बल’ साहित्यकारहरू शान्तिभूमि लुम्बिनीमा फागुनको अन्तिम साता जमघट हुने भएका हुन् । जहाँ चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन’ हुन लागेको छ । यसको आयोजना लुम्बिनी प्रदेश सरकारले गरेको हो । 
सम्मेलनमा साहित्यिक लेखन र अनुसन्धानमा गहिरो गरी निखारिएका विश्वका विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित भइसकेको छ । अन्य ४ जनाको आगमन भने ‘कन्र्फमेसन’को प्रक्रियामा छ । 

सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार लुम्बिनीमा सहभागी हुने निश्चित भइसकेको छ । लुम्बिनी मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा सम्मेलनको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएका छन् । 
सम्मेलनमा सहभागी हुनेमा अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । भारतका सत्यार्थीले नेपालको सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन गरिरहेका छन् ।

बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

सम्मेलनमा सहभागीमध्ये नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान छन् । त्यस्तैगरी स्न २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् । 

त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको लुम्बिनी सरकारका मुख्यमन्त्री कार्यालयका सचिव एंव सम्मेलनका संयोजक सुमन घिमिरेले बताए । उनीहरू साहित्य, शान्ति, भौतिक, रसायन, क्रियाविज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेखनीय योगदान पुयाएका व्यक्तिहरू हुन् । संयोजक घिमिरेका अनुसार सम्मेलनमा बालविवाह न्यूनीकरण, हिंसा, बालश्रम रोक्ने विषमा गम्भीर बहस तथा छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update