Public Pana
मन्त्रिपरिषद् पुनर्गठनसँगै बागमतीको तामाङ समुदायबाट मन्त्री हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन्। आज शनिबार काठमाडौँको टुँडिखेलमा आयोजित सोनाम ल्होछार विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्। 

साथै, उनले बागमतीम प्रदेशबाट निर्वाचित तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाउने घोषणा पनि गरेका छन्। 

‘आज शनिबार यो मञ्ञबाट के कुरा घोषणा गर्छु भने, अब जतिबेला मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म यो लाखौँ जनताको अगाडि भन्दै छु, मन्त्रिपरिषद् पुनर्गठन त हुन्छ नै हुन्छ। पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुुन्छ।’

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update