Public Pana
आज शनिबारको विदेशी मुद्राको विनिमयदर : सूचि सहित

नेपाल राष्ट्र बैंकले आज(शनिवार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३९ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.११ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.८७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६८ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९५ रुपैयाँ रहेको छ ।

 सूचि -

money-271707530943.png

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update