Public Pana
ज्ञानका लागि आज श्रीबल्लभ जयन्ती मनाइदै

आज श्रीबल्लभ जयन्ती मनाइदै छ । आजको दिन यिनै महाप्रभु वल्लभाचार्यको जन्म जयन्ती हो । तेह्र वर्षको उमेरमा श्री वल्लभले वेद–वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गरेकाले ज्ञानका लागि श्रीबल्लभ सम्झनुको विकल्प छैन भनेर पनि यो जयन्ती मनाउन थालिएको हो ।

आचार्य श्री वल्लभ भनेर चिनिते एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ताले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेकाले ज्ञान आवश्यक छ भन्दै श्रीबल्लभ जयन्तीलाई विर्सन सकिदैन र हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन श्री वल्लभ जयन्ती महत्वपूर्ण मानिएको हो ।

यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्रीलाई उनको चर्चित रचनाहरूको रूपमा स्मरण गरिन्छ। यस्तै श्री वल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गरे । 

सानो उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर श्री वल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टाकोमा पठाए। 

श्री वल्लभको उमेर बढ्दै गएसँगै उनको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री वल्लभले शङ्कराचार्यको उपदेशहरूको खण्डन गर्दै ब्रह्माले पनि यो जगतको सत्यता नबुझेको भनी बताए । यसै कारण श्री वल्लभका दार्शनिक सोचलाई “शुद्ध द्वैत“ पनि भनियो।

उनको दार्शनिक सोचहरूबाट अति प्रेरित भएर नै त्यस बेलाको विजय नगरका राजाले श्री वल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गरे ।
त्यस बेला देखि नै श्री वल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित छन् ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update