Public Pana
पाकिस्तानमा आमनिर्वाचन :  लाहोरमा नवाज सरिफले जितेपछि, जनमत चोरेको इमरान खान समर्थकको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले लाहोरको एनए १३० सिट जितेका छन् । तर इमरान खान नेतृत्वको पीटीआईले नवाज सरिफको जितमा प्रश्न उठाएको छ ।

पीटीआईले ट्विट गर्दै लेखेको छ,  ‘गनिएको वैध मतहरूको सङ्ख्या कुल मतको सङ्ख्याभन्दा बढी छ। नवाज शरीफ जनमत चोरेकोमा लज्जित हुनुपर्छ।’

यो ट्विटसँगै एउटा तस्बिर पनि शेयर गरिएको छ जसमा कूल मत सङ्ख्या २ लाख ९३ हजार ६९३ लेखिएको छ । साथै, कूल वैध मत सङ्ख्या २ लाख ९४ हजार ०४३ लेखिएको छ।

पाकिस्तान मुस्लिम लिग (नवाज) ले ट्विट गर्दै शरीफले एनए १३० मा ठुलो मतान्तरले जित हासिल गरेको बताएको छ । यद्यपि यी दाबी राजनीतिक दलका हुन् । यस विषयमा निर्वाचन आयोगले केही बोलेको छैन ।

पूर्वप्रधानमन्त्री इमरान खान समर्थक स्वतन्त्र उम्मेदवारहरूले अहिलेसम्म ६० सिट जितिसकेका छन्। 

जम्मा २६५ सिटका लागि भएको निर्वाचनमा इमरन समर्थित पाकिस्तान तेहरिक इन्साफ पार्टीको समर्थनमा निर्दलीय चुनाव लडेकामध्ये ६० जनाले जित पक्का गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update