Public Pana
विदेशीको जमानतमा ऋण दिन राष्ट्र बैंकको स्वीकृति नचाहिने

कर्जा प्रदान गर्ने उद्देश्यले विदेशी बैंकबाट जारी भएको बैंक जमानत वा वित्तीय जमानत बैंकहरूले स्वीकार गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधन गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो ।

‘बिड बन्ड’ र ‘पर्फर्मेन्स बन्ड’ जस्ता कर्जा प्रवाह नगर्ने प्रयोजन भएका विदेशी बैंक ग्यारेन्टीमा भने यस्तो व्यवस्था लागु हुने छैन ।

विनियमावली संशोधनपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्रमा संशोधन गरेको हो ।

संशोधित व्यवस्था अनुसार विदेशी बैंक तथा वित्तीय संस्थाका साथै विदेशी नियामक निकायबाट स्वीकृत प्राप्त पेन्सन फन्ड, हेज फन्ड, सरकारीरअन्तर सरकारी स्वामित्वको ‘डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन’ जस्ता कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको जमानत समेत बैंक आफैंले स्वीकार गर्न सक्ने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update