Public Pana
मिलन देवकोटा पर्यटन बोर्डको सदस्य सचिवमा नियुक्त
फाइल तस्बिर

नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य सचिवको जिम्मेवारी मिलन देवकोटालाई दिइएको छ।

हाल बोर्डकी सदस्य रहेकी उनलाई यही बिहीबार बसेको बोर्डको ३६२ औँ बैठकले बढीमा तीन महिनाका लागि सदस्य सचिवको जिम्मेवारी तोकेको हो। 

पर्यटन बोर्डमा हा कार्यकारी प्रमुख पद रिक्त रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाइसकेको छैन। 

यस्तोमा नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना) का देवकोटालाई कार्यकारी समितिको सदस्य–सचिवका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको हो।

उनी २०७८ चैतमा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको कार्यकारी सदस्यमा नियुक्त भएकी थिइन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट देवकोटालाई बोर्डको कार्यकारी सदस्यमा नियुक्त गरेको थियो।

तीन वर्षको कार्यअवधि रहने बोर्ड सदस्य देवकोटालाई तत्कालका लागि सदस्य सचिवको पनि जिम्मेवारी तोकिएको हो।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update