Public Pana
आन्तरिक ऋण कर्मचारीको तलब र भत्तामा खर्च गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिने ऋण सामाजिक सुरक्षा तथा कर्मचारीको तलब र भत्तामा खर्च हुन नहुने बताएका छन् ।

आज शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले ऋण लिएर प्रशासन चलाउन खर्च गर्न नहुने बताएका हुन् ।

आन्तरिक ऋण उठाएर सरकारले चालु खर्चमा उपयोग गरेको भन्दै यसतर्फ सरकार सजक हुनुपर्ने खतिवडाले बताए ।
“आन्तरिक ऋण सामाजिक सुरक्षामा खर्च हुनु हुँदैन । प्रशासन चलाउन खर्च हुनु हुँदैन,“ उनले भने, “अर्थमन्त्रीज्यूले ऋण प्रशासन चलाउन खर्च भएको छैन भनेर भन्न सक्नु हुन्छ ? ऋण प्रतिफल दिने आयोजनामा लगानी हुनुपर्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update