Public Pana
काठमाडौंको सतुंगलमा ड्युटी सकेर फर्किँदा सहायक हवल्दारको मृत्यु
फाइल तस्बिर

ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, गएराति ११ः१५ बजे ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update