Public Pana
त्रिविको उपकुलपति  : १४ जना सर्ट लिष्टमा (नामावली सहित)

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा परेको छ ।  उपकुलपति सिफारिस समितिले १४ जनाको नाम प्रस्तुतीकरण र अन्तरवार्ताका लागि छनोट गरेर सार्वजनिक गरेको हो ।

जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा,  तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासेअर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं, महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् ।

उपकुलपतिकालागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए ।

अब सर्ट लिष्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ती तीनजनामध्ये एक जना उपकुलपति बन्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update