Public Pana
सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर [सूची सहित]

 कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जना विरुद्ध मुद्दा दायर भएको अख्यितारका प्रवक्ता नरहरि घिमिरेले बताए।

टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवं कर्मचारीहरुको संलग्नतामा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा लगिएको अख्तियारले जनाएको छ। 

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ-संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा सो नगरी भ्रष्टाचार गरिएको अख्तियारले उल्लेख गरेको छ। 

नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा टीकापुर विकास समितिको नामका नक्कली कागजातहरु खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले जनाएको छ। 

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update