Public Pana
नेपालको क्यानडाविरुद्ध जित

कप्तान रोहित पौडेलको घातक बलिङमा घरेलु मैदानमा सुरु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ।

आज बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनले रोमाञ्चक जित निकालेको हो।
जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ। सरिजको दोस्रो खेलमा नेपालले पर्सी शनिबार खेल्नेछ।

नेपालले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा  २ सय १७ रनमा अलआउट भयो।
क्यानडाका चार ब्याटर बाहेक अनयले दोहोरो अंकको स्कोर छुन सकेनन्।

क्यानडाका लागि निकोलस कीर्तोनले सर्वाधिक ६८ रनको योगदान दिए। ९९ बलमा ७ चौका हानेका निकोलस पवन सर्राफको बलमा बोल्ड आउट भए।

तेस्रो विकेटका रुपमा पारगत र निकोलस किर्तोनले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङस् बढाएका थिए। टोलीका कप्तान रोहित पौडेलले ५८ बलमा ९ चौका हान्दै ५० रन बनाएका पारगत सिंहलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण सफलता दिलाएका थिए।

४३ बलमा ३ चौका हानेका हर्ष ठाकरे ३२ रन बनाउँदा कुशल मल्लको हातबाट बोल्ड आउट भए।
ओपनर आरोन जोनसन २० रन बनाउँदा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे। नवनित डालिवाल ६ रनको रिजन ढकालको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए। रिजनले डेब्यु विकेट लिएका हुन्।
यास मोभ्भा १ रन बनाउँदा रोहित पौडेलको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।

क्यानडा विरुद्धको खेलबाट तिव्र गतिका बलर ढकाल र स्पिनर सुर्य तामाङले डेब्यु गरे।
नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट झारे। ८.५ ओभर बलिङ गरेका रोहितले २ मेडन राख्दै २२ रन खर्चे। ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ  र कुशल मल्लले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।

पहिलो विकेटका लागि ओपनर कुशल र आशिफ शेखले १ ओभरमा ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए। १९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए।

क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गरेका कुशलले १४ औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्का मद्धतमा अर्धशक पूरा गरेका थिए।

तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल विशाल योगफल बनाउनबाट चुक्यो।
आरिफ शेखले ३८ रन थपे।

५० बलमा ४ चौका हानेका उदय भगवानको बलमा बोल्ड आउट भए।

३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल २० रन बनाउँदै क्याच आउट भए। भिम सार्की १७ रनमा एलबीडब्लु धरापमा परे।

सोमपाल कामी २७ रन बनाउँदा क्याच आउट भए। २३ बलमा १ छक्का र २ चौका हानेका सोमपाल उदय भगवानको बलमा क्याच आउट हुन पुगे।
राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सर्राफ १५ रन बनाउँदै एलबीडब्लु धरापमा परे। घरेलु प्रतियोगिता उच्च प्रर्दशन गर्दै आएका पवन राष्ट्रिय टोलीमा भने खासै जम्न सकेका छैनन्।

आशिफ शेख र कप्तान रोहित पौडेल समान ८ रन बनाउँदै पेभेलियन फर्के। सुर्य तामाङ १० रनमा नटआउट रहे। रिजन ढकाल ४ र ललित रावंशी १ रनमा आउट भए।

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए। साख विन जफर र इश्वरजत सोहीले समान २ विकेट दिए। साहिद अमजाइ र हर्स डाकेरले समान १ विकेट लिए।

rohit_2.jpg1707390878.jpg

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update