Public Pana
टिकापुरको जग्गा अनिमियतता प्रकरणमा आरोपितविरुद्ध मुदा चलाउने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालत दर्ता गर्ने तयारी गरिएको छ ।

कैलालीको टीकापुरमा अनियमित रूपमा जग्गा वितरण गरेको आरोपमा २४९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्ने तयारी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सञ्चारमाध्यमलाई जानकारी दिए ।

दर्ता गर्ने तयारी भर्ईरहेको छ, केही बेरमा सम्पूर्ण विवरणसहितको नोटिस जारी गर्ने घिमिरेले उल्लेख गरे ।

टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update