Public Pana
नेप्से परिसूचक सामान्य अंकले वृद्धि

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक सामान्य अंकले बढेको छ । बिहीबार ५.७४ अंकले बढेको शेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update