Public Pana
दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् ।

उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ ।  हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।

गल्फ जाइन्ट भारतको अदानी समुहओ क्लब हो ।
   

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update