नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२४ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।
त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० १३:२२
प्रतिक्रिया दिनुहोस्