Public Pana
नेपाल र क्यानडाबीचको खेलमा नेपालको ४ विकेट

घरेलु मैदानमा जारी तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले ४ विकेट गुमाइसकेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले २३ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १ सय ८ रन बनाएर खेलिरहेको छ।

नेपालले चौथो विकेटका रूपमा भीम सार्कीलाई गुमायो। २३ ओभरको तेस्रो बलमा भीम साद विन जफरको बलमा एलबीडब्लु धरापमा परे। 
२६ बलमा २ चौका हानेका भीम १७ रनमा बनाउँदै पेभेलियन फर्के। 

१९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ६२ रन बनाउँदै आउट भएका थिए। ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए। 

क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गरेका कुशलले १४ औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्का मद्दतमा अर्धशक पूरा गरेका थिए। 

त्यसअघि नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। १७ बलमा १ चौका मद्दतमा ८ रन बनाएका कप्तान पौडेल १५औँ ओभरको तेस्रो बलमा क्याच आउट भए। 

पहिलो विकेटका रूपमा ओपनर आरिफ शेख पनि क्याच आउट भएका थिए। आरिफ दशौँ ओभरको पहिलो बलमा ८ रन बनाउँदा नै आउट हुन पुगे। 

पहिलो विकेटका रूपमा आरिफ र कुशलले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। 

अहिले क्रिजमा कुशल मल्ल र अरिफ शेख नटआउट छन्।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update