Public Pana
पोखरामा दुर्घटनाग्रस्त जहाजबाट जिवितै उद्धार गर्ने सम्भावना न्युन, ३२ जनाको शव निकालियो

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाज पाइलट कमल केसीले उडाएका थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट  ३० जनाको शव निकालिएको छ

जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update