Public Pana
दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष कैदको फैसला उच्च अदालतबाट  सदर

पर्यावरण अभियन्ता दिलीप भनिने ओम प्रकाश महतोको हत्याको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ ।

न्यायाधीशद्वय महेन्दनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्लाकै फैसला सदर गरेको हो ।

 

 

१२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले दिलीपको हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५–२५ वर्ष कैद र पाँच–पाँच लाख रुपैयाँ क्षतिपूर्ति वापत जरिवाना हुने फैसला सुनाएको थियो ।

यस्तै घटनाका मतियार बनेको आरोपमा जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाइ लाख रुपैयाँ क्षतिपूर्ति वापत जरिवाना गरेको थियो ।

 

 

जिल्ला अदालते विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो । विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।

२५ पुस २०७६ मा घरभन्दा पाँचसय मिटर पर रहेको औरही खोलामा २४ वर्षीय दिलीपको हत्या भएको थियो । बिहानै ४ बजे खोलामा उत्खनन भइरहेको थाहा पाएपछि बन्द गराउन खोलामा पुगेका दिलीपको चुरियामाई वालुवा प्रशोधन उद्योगमै पहिले टिपरको लिभर, पेचकसले काँखीमा घोचेर आक्रमण गरी बेहोस पारिएको थियो । र त्यसपछि टाउको पछाडिबाट ना ७ ख ६४१३ नम्बरको टिपरले किचिएर हत्या गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update