Public Pana
सहकारी ठगीकाे सुचना पाएपछी पूर्व डीआईजी छबिलाल जोशीको घरमा प्रहरीको छापा

नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको संशमुलस्थित घरमा प्रहरीले छापा मारेको छ। जोशीको नाममा रहेको काठमाडौंको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिस थियो। सोही अफिसमा प्रहरीले छापा मारेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार साँझ छापा मारेको हो। सहकारी सम्बन्धी सम्पूर्ण सूचना तथा कारोबार भएको सर्भर उक्त घरमा राखिएको भन्ने विशेष सूचनाको आधारमा छापा मारिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

प्रहरी स्रोतका अनुसार उक्त घरबाट चार वटा सर्भर समेत बरामद भएको छ। बरामद भएका सभएरहरुमा सिजिएस बैंकिङको मुख्य सफ्टवेयर उल्लेख गरिएको छ। पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका मुख्य नाइके जीबी राई (गितेन्द्रबाबु) का साझेदार थिए पूर्वडीआईजी जोशी। उनीहरु दुईकै साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो। 

उनै पार्टनरको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारी सम्पूर्ण सूचना भएको सफ्टवेयर राखिएको सूचनापछि प्रहरील छापा मारेको हो। 

पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्। यता यो सहकारीका मुख्य ठग भनिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update