Public Pana
६ फागुनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् । 

यसका लागि २ फागुन दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए । 

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update