Public Pana
सुन तस्करी प्रकरणमा मुछिएकी रोकाविरुद्द डिफ्युजन नोटिस जारी

सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्द डिफ्युजन नोटिस जारी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द  डिफ्युजन नोटिस जारी गरेको हो। उनी सुन तस्करी प्रकरणमा थुनमामा रहेका चीनिया नागरिक दावा लामाकी श्रीमती हुन्।

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६१ किलो भन्दा बढी सुन तस्करी प्रकरणमा रोका समेत संलग्न रहेको पक्राउ परेकाहरुले प्रहरीलाई बयान दिएका थिए ।

amala1707298887.jpg

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update