Public Pana
नेप्से परिसूचक सामान्य अंकले वृद्धि

नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ३.०८ अंकले बढेको सेयर बजार २०८८.८० विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update