Public Pana
नेपाल र क्यानाडाबीचको शृंखला डिशहोमका च्यानलमा प्रत्यक्ष प्रसारण हुने

क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको क्रिकेट शृंखला डिशहोम गोमा एचडी क्वालिटीमा प्रसारण हुने भएको छ। 

उक्त शृंखला यही फेब्रुअरी ८–१२ मा हुँदै छ। उक्त ओडीआईका खेलहरू त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छन्।

यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट्स एचडी १ र डिशहोम गोमा प्रसारण हुनेछ।

डिशहोम गोले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको  थियो।   
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update