Public Pana
६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो।

उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update