Public Pana
पद्मप्रसाद पाण्डेयद्वारा संघीय संसद्का महासचिव पदको शपथग्रहण

संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा पदमा नियुक्त गरेका थिए ।

उनलाई महासचिवमा नियुक्त गरिएको विषय प्रतिनिधिसभा बैठकलाई सभामुख घिमिरेले जानकारी गराएका छन् । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update