Public Pana
३.३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्दै गएको छ।  

एकपटक साढे ६ डिग्रीभन्दा माथि पुगिसकेको उपत्यकाको न्यूनतम तापक्रम आज ३.३ डिग्री सेल्सियसमा झरेको हो। 

माघ २२ गते ६.७ डिग्री सेल्सियसमा उक्लिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो मंगलबार ३.५ डिग्री सेल्सियसमा झरेको थियो भने आज त्यसभन्दा पनि तल ३.३ डिग्री सेल्सियस भएको हो। 

 

त्यसो त यो अघि बिहान ५:४५ बजे गरिएको मापन हो, आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले ८:४५ बजे मापन गरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। 

‘त्यतिबेला अहिलेकै तापक्रम यथावत् रहन पनि सक्छ अथवा थोरै घट्ने सम्भावना पनि हुन्छ’, उनले भने। 

मौसमविद् अधिकारीका अनुसार राति आकास सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने राति आकास बादलले ढाक्यो भने न्यूनतम तापक्रम बढ्छ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update