Public Pana
एसीसी वुमन्स प्रिमियर कप खेल्ने  महिला क्रिकेट टाेली  घोषणा 

काठमाडाै- नेपालले यसै सातादेखि मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट स‌घ क्यानले टाेली घाेषणा गरेकाे हाे । 
 दुई प्रमुख खेलाडी डली भट्ट र कविता कुँवरलाई समेटिएका छन् ।  इन्दु बर्माको कप्तानीमा घोषणा टोलीमा डली भट्ट र कविता कुँवरले टोलीमा पूनरागमन गरेका छन् । हिटर भट्ट  यसअघि  अष्ट्रेलिया गएकाले  टाेलीमा परेकी थिइनन् ।  २०२२ जुनपछि नेपाली टोलीमा फर्किएका हुन् । एपेन्डिक्सको शल्यक्रियाको कारण गत सेप्टेम्बरदेखि टोली बाहिर थिइन् ।

प्रतियोगिता १० फेब्रुअरीदेखि १८ सम्म मलेसियामा चल्नेछ । नेपाल, हङकङ, भुटान र माल्दिभ्स समूह डी मा छन् । समूह ए मा थाइल्यान्ड, म्यानमार, कुवेता र सिंगापुर छन् । समूह बी मा युएई, चीन, ओमान र जापान छन् । समूह सी मा इन्डोनएसिया, मलेसिया, बहराइन र कतार छन् ।

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले एसिसा कपमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग खेल्न पाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update