Public Pana
हिराको अन्तर्राष्ट्रिय ब्राण्ड आजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने

डायमण्ड (हिरा)को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपलेव्यावसायिक साझेदारीको भएको छ। अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।
अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेश कुमार अडुिकयाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएको हुदाँ  अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्नेछ । विश्व बजारमा नेपाली हस्तकलाको प्रवद्र्धनमा पनि यो समझदारी कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।
समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भन्नुहुन्छ, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशष्ोज्ञताका आधारमा अघि बढाइएकोबा्रन्ड हो। यसलाई नेपालमा मात्रैनभएर विश्व बजारमैस्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगकोसाझदे ारीलेलगानी र विशेषज्ञतालाई एकैठाउँमा ल्याउनेकाम गरेकाले यो
नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।’
त्यसैगरी विशाल सम्भावना रहको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनले बताए ।  निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने उनले बताए ।
अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहकोचाहनालाई मूर्त रुप दिन योसमझदारी कोसेढुंगा साबित हुने बताए । ‘नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं । अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ ।’ उनले भने 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update