Public Pana
बिल्डिङ एण्ड आर्किटेकका अब्बल सचिव गेलाललाई शहरी बिकासको जिम्मेवारी


शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

मंगलबार पत्र बुझेका गेलालले बुधवार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका छन् ।

शहरी विकास मन्त्रालय अन्र्तगतको बिल्डिङ एण्ड आर्किटेक समुहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रुपमा हेर्ने गरिन्छ ।

यसअघि सहसचिव हुँदा गेलालले  शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा प्रभावकारी कार्यसम्पादन गरेका थिए ।

गेलालको यसअघि पनि  शहरी बिकास मन्त्रालयमा सरुवा गर्ने मन्त्रिपरिषद्मा सहमति भएपनि विभिन्न कारणले हुन सकेको थिएन । 
यससँगै सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update