Public Pana
शेयर बजार पुन : वृद्धितर्फ, लगानीकर्तामा खुसीपन

आज मंगलबार पनि शेयर बजारमा वृद्धि देखिएको छ। सोमबार १४.५७ अंकले बढेको बजारमा मंगलबार पनि सुधार देखिएको हो। पछिल्ला तीन कारोबारमा नै ५७ अंकले घटेको बजार यो साता दोस्रो कारोबारदेखि पुनः बढेको हो।

मंगलबार ९.४४ अंकले वृद्धि हुँदै २०८५.७१ बिन्दुमा पुगेको छ। कारोबार भने २ अर्ब ५९ करोड रुपैयाँको हुँदा ७६ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। मंगलबार १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको सेयर मूल्य भने घटेको छ।

सोमबार १४.५७ अंकले बढेर बजार २०७६.२७ बिन्दुमा पुगेको थियो। १४८ कम्पनीको शेयर मूल्य बढेको बजारमा २ अर्ब ४३ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो।

गएको साता सुरुका तीन कारोबारमा बढेर पछिल्ला दुई कारोबार घटेको बजारमा यो साता आइतबारको कारोबार पनि घटेको थियो। आइतबार ५.३१ अंकले घटेर बजार २०६१.७० बिन्दुमा झरेको थियो।

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 
थोरै थोरैको वृद्धिले पनि लगानीकर्तामा उत्साहता जागेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update