Public Pana
विहानै देखि  किन राखे प्रधानन्यायाधीशले न्याय परिषदको  वैठक

काठमाडाै-  प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलवार विहानै देखि न्याय परिषदको वैठक राखेका छन् । सोमबार परिषदका सवै सदस्यलाई आकस्मिक खवर गर्दै न्याय परिषद्को बैठक बिहानैदेखि बसिरहेको  परिषद स्रोतले जनाएको छ। विहान ८ वजेदेखि परिषदको वैठक बसिरहेको छ।  
वैठकले केही न्यायाधीशको सरुवा र केही न्यायाधीशमाथि कारवाहीका बारेमा छलफल गर्ने छ । हाल उच्च अदालतका एक र जिल्ला अदालतका तीन न्यायाधीशमाथि परिषदले छानविन गरिरहेको छ। त्यस्तै जिल्ला अदालतमा १० न्यायाधीश रिक्त रहेको छ भने सर्वोच्चमा पनि एक पद रिक्त रहेको छ। 
जिल्ला न्यायाधीशमा लोकसेवा आयोगको विज्ञापनको कोटा छुट्टाएर परिषदले नियुक्ती गर्न सक्छ । त्यस्तै सर्वोच्च अदालतका अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पनि अवको एक महिनामा अवकाश पाउने भएकाले सिफारिस गर्न सकिने भएकाले छलफल हुने देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update