Public Pana
अरुण चाैधरीलाई जमानीमा छाेड्ने आदेश गरेपछि हुदैछ  न्यायाधीशकाे आलाेचना

काठमाडाै-  बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। 

उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनीहरुलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो। 

 

‘दुई दिनका लागि म्याद थपिएको छ, दुई दिनमा नसकिए जमानीमा छोड्नू भन्ने छ,' काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले भने।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिएको बताइएको छ । अदालतले सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई पनि मंगलबारसम्मकै रिहा गर्न आदेश दिएको छ । 

 

No description available.
जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको अदालतको ठहर छ । 

‘प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी, कागज गराउनको लागि मिति २०५०।१०।२२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको छ। यी प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिन भित्र यी प्रतिवादीहरुबाट अव बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी वाकी अनुसन्धानको कार्य पुरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरी दिएको छ’, अदालतको आदेशमा भनिएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले  माघ १८ मा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनीहरुलाई पुनः म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको थियो । 

जिल्ला अदालतले शर्तसहित म्याद थपेकाे आदेश सार्वजनिक भए लगत्तै अदालतकाे आलाेचना पनि शुरु भएकाे छ । कानुनका जानकारदेखि सर्वसाधारणसम्मले आलाेचना गरिरहेका छन् । फाैजदारी न्याय प्रणालीमा अनुसन्धानकै चरणमा अदालतले शर्त मिल्ने कि नमिल्ने भनि वहस शुरु भएकाे छ ।  व्यापारी भएकै कारण हिरासतकाे साटाे अस्पतालमा बसेर अनुसन्धानकाे समय  विताउने अनि अदालतले पनि शर्तसहित रिहा गर्ने कार्य भिआइ आराेपीतमात्र नभइ सर्वसाधरणमा पनि लागू हुनुपर्ने उनीहरुकाे तर्क छ । अनुसन्धानमा नाममा पहुँच नभएका ब्यक्तिहरुलाई महिनाैसम्म थुनामा राख्ने अनि व्यापारीहरुलाई भने दुई दिनपछी रिहा गर्नु भनेर अदालतले पहिल्यै ताेकेर आदेश गर्न मिल्ने कि नमिल्ने अनि उनीहरुले प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा  जिल्ला अदालत काठमाडाैकाे आदेशमाथि टिकाटिप्पणी जारी रहेकाे छ । अधिवक्ता दिपकराज जाेशीले फेसवुकमा अदालतकाे आदेश राख्दै लेखेका छन्  वाह गजबको आदेश ?! यस्तो विधिशास्त्र अरुमा पनि लगोस् । जमानिमा छोड्ने कुरा नया लाग्यो । त्यस्तै बरिष्ठ अधिवक्ता धुव्रलाल तुलाधरले ललिता निवासकाे चमत्कार भनि टिप्पणी गरेका छन् । उनले लेखेका छन्  सवैले यस्ता आदेश फैसलाहरुको अभिलेख संकलन गर्दै गरौं, यस्को सही मुल्यंकन हुने गर्ने दिन र समय अवस्य नै आउंछ। अहिलेको वेला र समय भनेको कसैले मनपरि गरिरहने, पद, पेशा, कानून र न्यायको दुरुपयोग गरि नै रहने र कसैले त्यस्को प्रमाणिक संकलन गरी नै रहने हो । समय आएपछि जे हुनु पर्ने हो सो हुन्छ। साथिहरु ढुक्क हुनुहोस्। 

No description available.

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update