Public Pana
मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, ३१ सांसदको साथ

गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन । आज बसेको प्रदेश सभामा ५८ जना प्रदेश सांसदको सांसद उपस्थित रहेको थियो । 

मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए, सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियावाट उनले विश्वासको मत प्राप्त गरेका हुन । विश्वासको मत पाउने अधिकारी प्रदेश सरकारका पहिलो मुख्यमन्त्रीसमेत हुन ।  

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update