Public Pana
सर्लाहीमा सवारी दुर्घटना, नापी कार्यालयका सहयोगीको मृत्यु

सर्लाहीमा भएको सवारी दुर्घटनामा नापी कार्यालयका कार्यालय सहयोगीको मृत्यु भएको छ। 

सोमबार राति उखु लोड गरिएको ज २ त १०६७ नम्बरको ट्र्याक्टर र भारतीय नम्बरप्लेट बीआर ०६ पीडी ९६४८ नम्बरको टाटा सफारी जिप आपसमा ठोक्किएका थिए। दुर्घटनामा परेको सफारी जिपमा नापी कार्यालय सर्लाहीका कर्मचारीहरु सवार थिए।  

दुर्घटनामा गम्भीर घाइते भएका नापी कार्यालयका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। 

 

दुर्घटनामा काभ्रे घर भएका नापी कार्यालय प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए। १० जना घाइतेको अहिले उपचार भइरहेको डीएसपी थारुले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update