Public Pana
नेपाली काग्रेसले बाेलायाे आकस्मिक केन्द्रिय कार्यसमिति वैठक 

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनको शोक प्रस्तावको विषयमा बैठक बस्न लागेको हो । बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । 

No description available.

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update