Public Pana
माओवादी संसदीय दलको बैठक आज पनि

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा बस्नेछ ।

हिजो बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए । 

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए । 

हिजोको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update