Public Pana
राष्ट्रिय योजना आयोग सदस्य उमाशंकरले सम्हाले कार्यभार

राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य उमाशंकर प्रसादले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नवनियुक्त सदस्य उमाशंकरको शपथसँगै आयोगले पूर्णता पाएको छ। रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update