Public Pana
काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ७६ ग्राम खैरो हेरोइनसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर तामाङ रहेका छन्।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ६९०२ नम्बरको माइक्रो बसलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार आरोपीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको हो।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update